घोडाघोडी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सुदूरपश्चिम प्रदेश, सुखड, कैलाली
,
आर्थिक प्रशासन शाखा
कार्यक्रम सञ्चालनको लागि पेश्की लिंदा
१) निर्धारित ढाँचामा निवेदन ।
२) स्विकृत प्रस्तावना ।
३) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।
उल्लेखित कागजातका साथै टिप्पणी र कार्यक्रमसँग सम्बन्धित शाखा वा इकाईको सिफारिस साथ पेश गरी टिप्पणी सदर भएपछि नियम अनुसार पेश्की दिइनेछ ।
पेश्की फर्छ्यौट गर्दा
१) निर्धारित ढाँचामा निवेदन ।
२) वास्तविक रूपमा भएको खर्चहरूको शीर्षक अनुसार तेरिज ।
३) स्विकृत प्रस्तावनाको सक्कल प्रति ।
४) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने फोटोहरू ।
५) सार्वजनिक खरिद ऐन र नियमावलीको मापदण्ड बमोजिम मालसामान
खरिदको सक्कल बिल, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई ।
६) उपस्थितिको प्रतिलिपी ।
७) जुन वडामा कार्यक्रम सञ्चालन भएको हो उक्त वडाको सिफारिस ।
८) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।
९) कार्यक्रम सम्पन्न प्रतिवेदन ।
१०) आन्तरिक लेखापरीक्षणको प्रतिवेदन समावेश गर्नु पर्ने ।
तोकिएको मलेप फारम अनुसार सम्पूर्ण विवरण पेश गर्नुपर्ने
उल्लेखित कागजात सम्बन्धित शाखाको अनुगमन तथा सिफारिस साथ
आएमा पेश्की फर्छ्यौट गरिनेछ ।
योजना सम्झौता गर्ने
१) सम्बन्धित वडाको प्राविधिकले तयार गरेको लागत इष्टिमेट ।
२) बैंक खाता खोलेको प्रमाण र खाता नम्बर ।
३) योजना कार्यान्वयनको कार्ययोजना ।
४) उपभोक्ता समितिको छापको नमूना ।
५) निर्धारित ढाँचामा निवेदन ।
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए योजना सम्झौता गरिनेछ ।
बैंक खाता खोल्न सिफारिस
१) उपभोक्ता समितिले बैंक खाता खोल्ने निर्णय गरेको निर्णयको प्रतिलिपी ।
२) अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
३) बैंकको दस्तखत नमूना कार्ड, ग्राहक पहिचान विवरण फाराम ।
४) निर्धारित ढाँचामा निवेदन ।
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए सिफारिस गरिनेछ ।
कार्यक्रमको भुक्तानी
१) निर्धारित ढाँचामा निवेदन ।
२) वास्तविक रूपमा भएको खर्चहरूको शीर्षक अनुसार तेरिज ।
३) स्विकृत प्रस्तावनाको सक्कल प्रति ।
४) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने फोटोहरू ।
५) सार्वजनिक खरिद ऐन र नियमावलीको मापदण्ड बमोजिम मालसामान खरिदको सक्कल बिल, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई ।
६) उपस्थितिको प्रतिलिपी ।
७) जुन वडामा कार्यक्रम सञ्चालन भएको हो उक्त वडाको सिफारिस ।
८) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।
९) कार्यक्रम सम्पन्न प्रतिवेदन ।
१०) आन्तरिक लेखापरीक्षणको प्रतिवेदन समावेश गर्नु पर्ने । तोकिएको मलेप फारम अनुसार सम्पूर्ण विवरण पेश गर्नुपर्ने
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए कार्यक्रमको रकम भुक्तानी गरिनेछ ।
योजना कार्यान्वयन
१) लागत इष्टिमेट अनुसारका कार्यहरू गर्ने ।
२) कामको गुणस्तर कायम गर्ने ।
अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन समितिबाट कामको अनुगमन गरिनेछ ।
योजनाको भुक्तानी
१) निर्धारित ढाँचामा निवेदन ।
२) शिर्षक अनुसार खर्चको तेरिज ।
३) विनियोजित बजेट देखिने बजेट तथा कार्यक्रम पुस्तिकाको प्रतिलिपी ।
४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता/ लागत अनुमान कार्यदेश।
५) सबै योजनालाई जुन वडामा योजना सम्पन्न भएको हो उक्त वडाको सिफारिस पत्र ।
६) वडाको भुक्तानी दिने सम्बन्धमा भएको निर्णयको प्रमाणित प्रतिलीपि
७) वडा बाट विनियोजन भई कार्यान्वयन भएका योजनाको सम्पन्न पश्चात उक्त वडाको किटानी जारी सहितको सिफारिस पत्र र वडा अनुगमन समितिले अनुगमन गरेको सकल अनुगमनको प्रतिवेदन ।
८) उपभोक्ता समितिले खर्च सार्वजनिक गरेको निर्णयको प्रतिलिपी ।
९) आम भेला मार्फत खर्च सार्वजनिक गरेको प्रतिलिपी ।
१०) सार्वजनिक परीक्षण फाराम ।
११) खर्च सार्वजनिक सूचना फाराम ।
१२) उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
१३) योजना सम्झौता र कार्यादेश ।
१४)सार्वजनिक खरिद ऐन र नियमावलीको आधरमा रहि खरिद भएको मालसामान खरिद गरेको सक्कलै बिल
१५) भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई ।
१६) उपस्थितिको प्रतिलिपी ।
१७) कार्यक्रम/योजना सञ्चालन र सम्पन्न भएको देखिने गरी खिचिएको फोटोहरू ।
१८) प्राविधिकबाट कार्य सम्पन्न गरेको प्रतिवेदन ।
१९) उपभोक्ता बिल ।
२०) गाउँपालिका स्तरीय अनुगमन समितिले गरेको अनुगमनको प्रतिवेदन
२१) आन्तरिक लेखापरीक्षणको प्रतिवेदन ।
उल्लेखित कागजात तथा सबै प्रक्रिया पुरा गरेको भए योजनाको रकम भुक्तानी दिइनेछ ।
धरौटी फिर्ता
ठेक्का फर्मको हकमा
१) निर्धारित ढाँचामा निवेदन ।
२) आन्तरिक राजश्च कार्यालयको मूल्य अभिवृद्दि कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) आन्तरिक राजश्व कार्यालयको कर समायोजन पत्र ।
४) सम्बन्धित शाखा/इकाईको सिफारिस पत्र ।
उपभोक्ता समितिको हकमा
१) निर्धारित ढाँचामा निवेदन ।
२) उपभोक्ता समितिको धरौटी फिर्ता सम्बन्धी निर्णयको प्रतिलिपी ।
३) प्राविधिकबाट धरौटी फिर्ता गर्ने सिफारिस पत्र ।
४) वडा कार्यालयको सिफारिस पत्र ।
५) गाउँपालिका अनुगमन समितिले सिफारिस गरेको पत्र ।
उल्लेखित कागजात साथ सबै प्रक्रिया पुरा भएको भए धरौटी फिर्ता गरिनेछ ।
आर्थिक सहायता
१) आर्थिक सहायता माग्नुको कारण सहितको निवेदन ।
२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) आर्थिक सहायता माग्नुको कारण पुष्टि गर्ने आधारसहितको कागजात ।
५) खाता रहेको बैंक चेकको प्रतिलिपी ।
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा जायज ठहरिएमा आर्थिक सहायता गरिनेछ ।
प्रमुख