अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
कानून शाखा
उजूरी तथा विवाद सम्बन्धी निवेदन दर्ता
हदम्याद तोकिएकोमा हदम्याद भित्र र नतोकिएको हकमा कार्याविधि बमोजिम
आवश्यक कागजात :

- न्यायीक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन ,२०७५  को अनुसूची -१ बमोजिमको रीत पुगेको निवेदन  पत्र,

- सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,

-विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु ।   

प्रक्रिया : प्रक्रिया
लाग्ने दस्तुर : ११० |-(निवेदन दर्ता सहित )
जिम्मेवारी : न्यायीक समिति /कानुन एकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
म्याद तामेली
निवेदन दर्ता भएको ३ दिन भित्र
आवश्यक कागजात :

- सम्बन्धित निवेदनको प्रतिलिपि, 

- म्याद तामेली पत्र ।  

प्रक्रिया :

प्रक्रिया

लाग्ने दस्तुर : २५|-
जिम्मेवारी : कानुन इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
उजुरी तथा विवादको लिखित जवाफ दर्ता
म्याद तामेल भएको १५ दिन भित्र
आवश्यक कागजात :

-ऐनको अनुसूची २ बमोजिमको रीत पुगेको निवेदन पत्र,

-सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,

-विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु ।       

प्रक्रिया :

कार्यालयको नियम आनुसार

लाग्ने दस्तुर : १०० ।-
जिम्मेवारी : न्यायिक समिति /कानुन एकाई
गुनासो सुन्ने पदाधिकारी : शाखा अधिकृत
कानुनी राय ,परामर्श सेवा
जुनसुकै समयमा
आवश्यक कागजात :

-आवश्यकता अनुसार    

प्रक्रिया :

कार्यालयको नियम आनुसार

लाग्ने दस्तुर : १०० ।-
जिम्मेवारी : कानुन इकाई प्रमुख
गुनासो सुन्ने पदाधिकारी : शाखा अधिकृत
मेलमिलाप
विवाद दर्ता भएको ३ महिना अर्थात् ९० दिन भित्र
आवश्यक कागजात :

- अनुसूची -९ बमोजिमको ढाचामा दुवै पक्षहरुको मिलापत्रका लागि  मेलमिलाप गराई पाउ भन्ने संयूक्त  निवेदन ।

प्रक्रिया :

कार्यालयको नियम आनुसार

लाग्ने दस्तुर : पक्षहरुको आपसी सहमतिमा रु. ५००/५००
जिम्मेवारी : मेलमिलापकर्ता / न्यायिक समिति
गुनासो सुन्ने पदाधिकारी : शाखा प्रमुख
निरुपण हुने अधिकारक्षेत्र अन्तर्गत निर्णय र संरक्षणात्मक आदेश जारी
विवाद दर्ता भएको ३ महिना अर्थात् ९० दिन भित्र
आवश्यक कागजात :

-निवेदनमा पेश गरिएका  संलग्न  आवश्यक  प्रमाण कागजातहरु,

-पक्ष विपक्षका  साक्षीहरुको बयान,

-बकपत्र,

-विवादित पक्षहरुको स्वीकारोक्ति,

-पक्षको अवस्था,

-अन्य सम्बन्धित प्रमाण । 

प्रक्रिया :

कार्यालयको नियम आनुसार

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : न्यायीक समिति
गुनासो सुन्ने पदाधिकारी : शाखा प्रमुख
निर्णय कार्यान्वयन (भाराई दिने वा चलन चलाई दिने )
विवाद दर्ता भएको ३ महिना अर्थात् ९० दिन भित्र
आवश्यक कागजात :

क )अचल सम्पत्तिको हकमा 

-घर जग्गा भए रहेको स्थानको ठेगाना तथा चार किल्ला सडक संग जोडीएको  नजोडीएको  अवस्था,

-घर रहेको भए घरको तला तथा कवज र सम्भव भएसम्म  बर्गफित,

-घर जग्गाको अवस्थिति आवस र औधोगिक ब्यापारिक क्षेत्रको व्यहोरा,

-घर जग्गाको स्वामित्ब रहेको व्यक्तिको  स्वामित्ब वा फरक व्यक्तिको भोग चलन गर्नेको नामथर ,

- घरमा भएको लगापत तथा खरिद बिक्रि हुने न्यूनतम मूल्य उल्लेख गरी अनुसूची -१२ बमोजिमको ढाचामा पेश भएको निवेदन ।

ख )चल सम्पत्तिको हकमा   

- स्रोत खुलेको यथासम्भव नगद रहेको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा रहेको रकम ।

प्रक्रिया :

कार्यालयको नियम आनुसार

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : न्यायीक समिति
गुनासो सुन्ने पदाधिकारी : शाखा प्रमुख
प्रमुख
logo
हेमाकान्त सुबेदी
सहायक चाैथाे
पुरा हेर्नुहोस्


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain