अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
सूचना प्रविधि शाखा

(क) कार्यालयमा स्थापित सूचना प्रवितिक पूर्वाधार, उपकरणहरूको व्यवस्थापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान गर्ने ।

(ख) स्थानीय तहका प्रणाली (website, software, system, application) को नियमित सञ्चालन र अध्यावधिक गर्ने र सहि अभिलेख तथा प्रतिवेदन तयार पार्न आवश्यक सहयोग पुर्याउने ।

(ग) स्थानीय सेवा प्रवाहलाई सूचना प्रविधिको प्रयोग मार्फत सहज र छिटो प्रवाहग गर्ने स्थानीय तह सूचना प्रविधि मैत्री बनाउने, आवश्यक प्रणाली तथा पूर्वाधारको विकास र उद्देश्य अनुरुप सञ्चालन भएको सुनिश्चित गर्न सहयोग गर्ने।

(घ) स्थानीय तहबाट तयार हुने प्रणाली, पूर्वाधार, नीति तथा रणनीति र सम्बन्धित गतिविधीहरुको संघ तथा प्रदेश सरकारका प्रणाली, पूर्वाधार, नीति तथा रणनितिहरूसँग अन्तरआवद्धता, समन्वय तथा सामनजस्यता सुनिश्चत गर्ने।

(ङ) स्थानीय तहबाट तयार हुने प्रणाली, पूर्वाधार, निति तथा रणनिति र सम्बन्धित गतिविधि सञ्चालन गर्दा तोकिएका मापदण्ड, नयम तथा कानून र आचार संहिताको पूर्ण पालना गर्नुपर्ने ।

(च) संघ तथा प्रदेश सरकारले माग गरेका सूचना, तथ्याङ्क तथा विवरण स्थानीय तहको सम्बन्धित शाखा/ पदाधिकारीसँगको समन्वयमा अध्यावधिक विवरण समयमा नै उपलब्ध गराउने ।

(छ) सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित राष्ट्रिय नीतिहरुको अध्ययन, नविन सोच र प्रणालीहरू विकास तथा प्रयोगको खोज गर्ने र स्थानीय आवश्यकता अनुसार स्थानीकरण गर्न सहयोग गर्ने।

(ज) श्रोत नक्शाङ्कनलाई डिजिटाईजेशन, डिजिटल प्रोफाइल तयारी तथा अद्यावधिक गर्नमा सहयोग गर्ने र सेवा प्रवाहमा प्रयोग बढाउने ।

(झ) स्थानीय तहमा सूचना प्रविधि क्षेत्रमा आवश्यक रहेका गतिविधिहरू सहित वार्षिक ICT योजना तयार गर्न सहयोग गर्ने ।

(ञ) विधुतीय शासन स्थापनाका लागि आवश्यक उपकरण र उपायहरुको अध्ययन गरी स्थानीय तह र वडा स्तरमामा स्थापना गर्न सहयोग गर्दै समुदाय स्तरमा सूचना प्रविधिको पहुँच "कनेक्टिविटी" स्थापना गर्न सहयोग गर्ने।

(ट) स्थानीय तहका सबै कर्मचारीहरुलाई विधुतीय शासन, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम र अभिमुखिकरण कार्यक्रम संचालन गर्न सहजिकरण गर्ने।

(ठ) स्थानीय तहमा सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीलाई ICT सम्बन्धी ज्ञान तथा नियमित सीप हस्तान्तरण गर्ने।

(ड) स्थानीय तहको कार्यालय तथा अन्य विषयगत निकायहरुका कार्यक्रम / परियोजना, सेवा प्रदायक, गैह्र सरकारी संस्था, समुदायमा आधारित संघ-संस्थाहरुका अधारभूत विवरण, बजेट विवरण, सूचना आदि विवरण व्यवस्थित रुपमा राख्न र संप्रेषणमा सहयोग गर्ने।

(ढ) कार्यालयका कर्मचारी र सेवाग्राहीका सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक समस्याहरू समाधान गर्न मद्दत गर्ने।

(ण) स्थानीय तहका बजेट, योजना, राजश्व, अनुगमन, खरिद लागायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी कार्यसम्पादनमा सहजिकरण गर्ने,

(त) कानूनबमोजिम सार्वजनिक गर्नु पर्ने (open data) आवश्यक विवरण संकलन र अध्यावधिक गरी स्थानीय तहको Website लगायत उपयुक्त माध्यमबाट सार्वजनिक रुपमा संप्रेषण गर्ने।

(थ) स्थानीय तह को ICT status/system को नियमित अडिट गर्ने र सुरक्षा (security) को उचित प्रबन्ध मिलाउने।

(द) एकिकृत सेवा केन्द्र तथा सूचना केन्द्रहरुको स्थापना र संचालनमा सहयोग गर्ने।

(ध) स्थानीय तहमा भएका असल अभ्यास तथा सूचनालाई नियमित र व्यवस्थित तवरले प्रकाशित गर्ने।

(न) प्रमुख प्रशासकीय अधिकृतले तोकेको सूचना प्रविधि सम्बन्धित अन्य कार्यहरु गर्ने।

प्रमुख
logo
राम प्रसाद चाैधरी
सूचना प्रविधि अधिकृत
पुरा हेर्नुहोस्


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain