अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा
जन्म दर्ता प्रमाण पत्रमा जन्ममिति सच्याउनको लागि
पेश गरेको तीन दिनभित्र
आवश्यक कागजात :

परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको लब्धाङ्क पत्र (लब्धाङ्कपत्र जारी गरेको ६ महिना पुरा गरेको हुनु पर्ने) र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले जारी गरेको जन्मको प्रमाणपत्रको प्रतिलिपी वा नाबालक परिचय पत्रको प्रतिलिपी वा नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा कुनैपनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधीको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्रमाणपत्र प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रूपमा संलग्न गरेको हुनु पर्नेछ ।

प्रक्रिया :

सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
जन्म दर्ता प्रमाण पत्रमा जन्म स्थान सच्याउनु परेमा
पेश गरेको तीन दिनभित्र
आवश्यक कागजात :

विदेशमा जन्मिएको बच्चाको नाम सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाणपत्र वा वा कागजात (प्रमाणपत्र अंग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको भनि प्रमाणित गरिएको कागजात) वा

उक्त देशमा बच्चाको जन्मदर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्मदर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद)

प्रक्रिया :

सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्मेवारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
मृत्य दर्तामा नाम संशोधन गर्नु परेमा
पेश गरेको तीन दिनभित्र
आवश्यक कागजात :

बाबु, बाजे वा पति-पत्निको नाम संशोधन गर्नु पर्ने भएमा नाता खुल्ने नागरिकता प्रमाणपत्र, आधिकारिकता खुल्ने अन्य प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाण पूर्जा आदि ।

खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

निवृत्तिभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको पारिवारीक विवरण

प्रक्रिया :

सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
मृत्य दर्तामा मृत्यु मिति सच्याउनु परेमा
पेश गरेको तीन दिनभित्र
आवश्यक कागजात :

अस्पतालबाट जारी भएको मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस पत्र ।

स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकताको प्रमाणपत्र ।

प्रक्रिया :

सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
विवाह दर्ता प्रमाणपत्रमा दुलाहा दुलहीको नाम संशोधन गर्नु परेमा
पेश गरेको तीन दिनभित्र
आवश्यक कागजात :

विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नु पर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित सम्बन्धित निकायबाट संशोधन गर्न उचित हो भनि गरिको सिफारिस पत्र ।

दुलाहा दुलहीको बाबु आमा वा बाजेको नाम नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन मुचुल्कामा बस्नेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

प्रक्रिया :

सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
सम्बन्ध विच्छेद संशोधन
पेश गरेको तीन दिनभित्र
आवश्यक कागजात :

१) अदालतबाट सम्बन्ध विच्छेद भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

२) नाता, जन्म खुलेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा अन्य कागजात ।

३) स्थायी ठेगानाको सम्बन्धमा नागिरकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाइँ सराई गरी आएको प्रमाणपत्रको प्रतिलिपी ।

४) स्थानीय तहका प्रतिनिधीको रोहवरमा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित सम्बन्धित वडाको 

स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
जन्म दर्ता प्रमाण पत्रमा नाम संशोधनको लागि
पेश गरेको ३ दिन भित्र
आवश्यक कागजात :

१) बच्चाको नाम संशोधन गर्नु परेमा आमा र बाबुको निवेदन वा बच्चा र बाबु आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र ।

२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा प्रवेशिका परीक्षाको प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र ।

३) बाबु आमा वा बाजेको नाम संशोधन गर्नु परेमा

क) सो सम्बन्धी कागजात, नागरिकता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र वा प्रवेशिका परीक्षा वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको प्रमाणित कागजपत्र र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।

ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनि उल्लेख भएको कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

प्रक्रिया :

सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।

लाग्ने दस्तुर : आर्थिक ऐनमा तोकिए बमोजिम ।
जिम्मेवारी : पञ्जिकरण शाखा प्रमुख
गुनासो सुन्ने पदाधिकारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
सामाजिक सुरक्षा भत्ताको कार्ड
१ बजेसम्म आएमा सोही दिन र त्यसपछि आएमा भोलिपल्ट ।
आवश्यक कागजात :

१) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

२) एकल महिलाको हकमा पतिको

३) मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

४) हालसालै खिचेको पास्पोर्ट साइजको दुई प्रतिफोटो ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा कार्ड उपलब्ध गराइनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
प्रमुख

© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain