अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
शिक्षा युवा तथा खेलकुुद विकास शाखा
विद्यालय खोल्न तथा कक्षा थप गर्न
शैक्षिक सत्र शुरू हुनुभन्दा सामान्यतया 1 महिना (३० दिन)अगाडी
आवश्यक कागजात :

१) शिक्षा नियमावली तथा शिक्षा कार्यविधिको अनुसूचि १ बमोजिमको निवेदन

२) शैक्षिक गुठिको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी ।

३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी ।

४) प्रस्तावित विद्यालय सेवाक्षेत्रको शैक्षिक नक्सा

५) सम्बन्धित गाउँ शिक्षा समितिको सिफारिस ।

६) सम्बन्धित वडाको सिफारिस पत्र ।

७) सबैभन्दा नजिकको कम्तीमा २ वटा छिमेकको विद्यालयको सहमति ।

८) विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी ।

९) शिक्षा ऐन तथा नियमावलीले व्यवस्था गरेअनुसारका अन्य कागजात ।

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक  जाँचबुझ र अध्ययनपछि 

प्रभावकारीता देखिएमा अनुमति दिइनेछ ।

लाग्ने दस्तुर : गेरूवाको शिक्षा कार्यविधि २०७६ अनुसार
जिम्मेवारी : नगर शिक्षा समिति
गुनासो सुन्ने पदाधिकारी : गाउँ कार्यपालिकाको कार्यालय
कक्षा ८ को मार्कसिट / ग्रेडसिटको प्रतिलिपी
३ दिन भित्र
आवश्यक कागजात :

१.विद्यालयको सिफारिस पत्र,

२.सक्कली मार्कसिट / ग्रेडसिट

३.प्रवेश पत्रको प्रतिलिपी

४. नाम थर, जन्ममिति सच्याउनु पर्ने भएमा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपी

५.वडा कार्यालयको सिफारिस (आवश्यकता अनुसार मात्र)

६. प्रहरी कार्यालयको सर्जिमन मुचुल्का (हराएको मार्कसिटको हकमा मात्र)

७.तोकिएको राजस्व दस्तुर

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक  जाँचबुझ र अध्ययनपछि उपयुक्त देखिएमा प्रतिलिपी दिइनेछ ।

लाग्ने दस्तुर : रू २००
जिम्मेवारी : शिक्षा, युवा तथा खेलकूद शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
शिक्षक विज्ञापनका लागि अनुमति सिफारिस पत्र
आवश्यकता अनुसार
आवश्यक कागजात :

१.विद्यालयको सिफारिस पत्र,

२.वि.व्य.स.को निर्णयको प्रतिलिपी

३. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने अन्य कागजातहरू

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित कार्यालयमा सिफारिस आवश्यक  जाँचबुझ र अध्ययनपछि उपयुक्त देखिएमा सिफारिस दिइनेछ ।

लाग्ने दस्तुर : रू ३००
जिम्मेवारी : शिक्षा, युवा तथा खेलकूद शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
शिक्षा सम्बन्धि अन्य सिफारिस पत्रहरू
सोहि दिन
आवश्यक कागजात :

१. तोकिएको ढाचामा निवेदन

२.विद्यालय वा संस्थाको पत्र

३. वडा कार्यालयको सिफारिस पत्र (आवश्यकता अनुसार मात्र )

४.कार्यालयले सुचना जारी गरेको भएमा सुचनामा तोकिए बमोजिम अन्य कागजातहरू

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित कार्यालयमा सिफारिस आवश्यक  जाँचबुझ र अध्ययनपछि उपयुक्त देखिएमा सिफारिस दिइनेछ ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : शिक्षा, युवा तथा खेलकूद शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
शिक्षकको सरूवा सहमति सिफारिस
३ दिन भित्र
आवश्यक कागजात :

१. सम्बन्धित शिक्षकको निवेदन

२.विद्यालयको सरूवा सहमति पत्र,

३.वि.व्य.स.को निर्णयको प्रतिलिपी

४.अनुसुचि १७ बमोजिमको ढाचामा भरेको फारम

५. सम्बन्धित शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापन पत्रको प्रतिलिपि

६. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने कागजात

७.सरुवा भएर जाने र सरुवा भइ आउने विद्यालय र पालिकाको सहमति पत्र (आवश्यकता अनुसार मात्र )

प्रक्रिया :

उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक  जाँचबुझ र अध्ययनपछि उपयुक्त देखिएमा प्रतिलिपी दिइनेछ ।

लाग्ने दस्तुर : रू ३००
जिम्मेवारी : शिक्षा, युवा तथा खेलकूद शाखा
गुनासो सुन्ने पदाधिकारी : प्रमुख प्रशासकीय अधिकृत
प्रमुख
logo
खगेन्द्र बहादुर सिंह
वरिष्ठ शिक्षा निर्देशक


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain